मन्त्रीको संयोजकत्वमा गठीत कार्यदलले प्रतिवेदन मंगलबार बुझाउने

|

काठमाडौं: स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन सुझाव कार्यदलले स्थानीय तहको संख्या सात सय १९ बाट बढाएर सात सय ४४ बनाउन मन्‍‍त्रीपरिषदमा सिफारिस पठाउने भएको छ। स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजक रहेको कार्यदलले मधेसवादी दल र दुई नम्बर प्रदेशको आठ जिल्लाका स्थानीय विकास अधिकारीसँगको सुझावपछि स्थानीय तहको संख्या बढाउने निष्कर्ष निकालेको हो।

गत फागुन नौ  गते बसेको मन्त्रीपरिषद् बैठकले पाण्डे संयोजकत्वको कार्यदललाई एक साताभित्र गुनासो र सुझावलाई समेत संशोधन गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो।

सोमबार स्थानीय विकास मन्‍‍त्रालयमा बसेको कार्यदलको बैठकले आयोगको प्रतिवेदनलाई संशोधन गर्दै स्थानीय तहको संख्या बढाएर मन्त्रीपरिषदमा सिफारिस गर्ने निर्णय गरेको हो। कार्यदल सदस्यहरु मन्‍‍त्रीद्वय दीपक बोहोरा र नविन्द्रराज जोशीले दुई नम्बर प्रदेशका आठ जना स्थानीय विकास अधिकारीको सुझावपछि स्थानीय तहको संख्या बढाउन सहमति बैठकमा जनाए। आयोगले बुझाएको प्रतिवेदनमा स्थानीय तहको संख्या सात सय १९ रहने भनिएको छ।

कार्यदलले भने स्थानीय तहको संख्या २५ बढाउन सुझाव दिएको हो। वृद्धि गरिएको स‌ंख्यामा धेरैजसो स्थानीय तह २ नम्बर प्रदेशका ८  जिल्लामा थप गरिएको छ। छलफलले कार्यदलले संख्या र सीमाको निर्धारण गरेपनि प्रतिवेदन मंगलबारमात्रै तयार हुने स्थानीय विकास मन्त्री हितराज पाण्डेका प्रेस संयोजक असोक घिमिरेले थाहाखबरलाई बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.