|

बैतडी : आज थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।  जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा मेलौली नगरपालिकाका–२ र दशरथचन्द नगरपालिकाका–१ जना गरी ३ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि हुनेमा मेलौली नगरपालिकामा कार्यरत २४ वर्षीय पुरुष र मेलौली नगरपालिका वडा नं ८ घर भएका एक ३० वर्षीय पुरुष र दशरथचन्द नगरपालिका वडा नं ९ का ३६ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो। 

संक्रमण पुष्टि हुने कर्मचारी नगरपालिकाका गाडी चालक र अन्य २ जना भारतबाट फर्किएका रहेका स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशी बताए। 

संक्रमित सबैलाई छुट्टै आइसोलेट गरेर राखिएको जनाइएको छ। आज थप ३ जनामा संक्रमण पुष्टि भएसँगै बैतडीमा संक्रमितको संख्या ४०९ पुगेको छ। जसमध्ये हाल ३१ जनामात्रै सक्रिय संक्रमित छन्। १ जनाको भने कोरोना संक्रमणकै कारण ज्यान गएको छ। 

हालसम्म जिल्लाको पञ्चेश्वर गाउँपालिकाका सबैभन्दा बढी ६१ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै दशरथचन्द नगरपालिकाका ५६, सिगास गाउँपालिकाका ५१, शिवनाथ गाउँपालिकाका ५०, पाटन नगरपालिकाका ४९ ,दोगडाकेदार गाउँपालिकाका ४६ जनामा संक्रमण पुष्टि भइसकेको छ। यस्तै मेलौली नगरपालिकाका ३६, सुर्नया गाउँपालिकाका २८, पुर्चौंडी नगरपालिकाका २० र डिलाशैनी गाउँपालिकाका १० जनामा संक्रमण पुष्टि भएको छ।  

चालकमा कोरोना देखिएपछि नगरक्षेत्र सिल

बैतडीको मेलौली नगरपालिकालाई सिल गरिएको छ। मंगलबार बसेको आकस्मिक बैठकले असोज १७ गते राति १२ बजेसम्मका लागि नगरक्षेत्र सिल गर्ने निर्णय भएको मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले जानकारी  दिए।  संक्रमण पुष्टि भएकाको कन्ट्याक टे«सिङ गरी स्वाब संकलन गर्ने कार्य हुने भएकोले नगरक्षेत्र सिल गरिएको हो।

नगरपालिकाको गाडीको चालकमा कोरोना पुष्टि भएपछि स्वास्थ्य बाहेक र आकस्मिकबाहेक सम्पूर्ण सेवा बन्द रहने मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.