|

बुटवल : रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।

रुपन्देहीको सैनामैना नगरपालिका–७ रामापुरका ४० वर्षीय पुरुषकोे बिहीबार राति ११ः५० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।

असोज ११ गते कोरोना पुष्टि भएपछि होम आइसोलेसनमै बसेका ती पुरुष स्वास्थ्यमा थप समस्या भएपछि असोज १३ मा अस्पताल भर्ना भएका थिए। गौतमका अनुसार उनलाई दुई दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। योसँगै रुपन्देहीमा २५ जना संक्रमितको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.