संसद भवन क्षेत्रमा सुरक्षा व्यवस्था कडा

|

बुटवल : प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरीमा सार्ने प्रदेश सरकारको प्रस्तावविरुद्ध संयुक्त संघर्ष समिति रुपन्देहीले सोमबार संसद भवन घेराउ गर्ने कार्यक्रम राखे पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोकेको छ।

बिहानैदेखि प्रदेशसभा कार्यालय रहको क्षेत्रमा विरोध प्रदर्शन भइरहेको छ। प्रदर्शन भए पनि संसद भवन जाने बाटो पूर्व–पश्चिम राजमार्गअन्तर्गत नेपालगञ्ज रोडस्थित सिन्दुर होटल अगाडि सशस्त्र प्रहरीको बाक्लो उपस्थितिले आन्दोलनकारीहरुलाई रोकेको छ।

रुपन्देही जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरे पनि विरोध प्रदर्शन भइरहेको छ। संघर्ष समितिले रुपन्देहीबाट कुनै पनि हालतमा सार्न नदिने अडान लिँदै आएको छ। आइतबार साँझ मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुङ्गा प्रहार भएपछि सोमबार बिहानैदेखि बुटवल क्षेत्रमा सुरक्षामा व्यवस्था थप कडा गरिएको छ।

प्रदेश सरकारले गत शुक्रबार प्रदेशसभामा पेश गरेको राजधानी र नामाकरण प्रस्तावमाथि सोमबारदेखि छलफल शुरु गर्ने गरी कार्यसूची तय गरेको छ। मध्याह्न १२ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.