पक्षमा खस्यो दुईतिहाइ बहुमत

|

रुपन्देही : प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ क्षेत्र कायम भएको छ। प्रदेशसभामा पेस भएको प्रदेशको स्थायी राजधानी दाङ बनाउने सरकारको आन्तरिक कार्यविधिसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो।

प्रदेशसभामा भएको मतदानमा बैठकमा उपस्थित ८२ मध्ये राजधानी दाङ कायम गर्ने पक्षमा ६९ मत खसेको थियो। विपक्षमा १३ मत परेको छ। यससँगै दाङको राप्ती र गढवा गाउँपालिकाको क्षेत्रलाई प्रदेश ५ को राजधानी कायम गरिएको छ।

प्रदेशसभाका सभामुख पूर्ण घर्ती मगरले अस्थायी राजधानी बुटवलको संसद भवनबाट दाङको भालुवाङ दुईतिहाइ बहुमतले स्थायी राजधानी कायम भएको घोषणा गरे। 

प्रदेश सरकारका कानुन मन्त्री कुलप्रसाद केसीले दाङको भालुवाङ क्षेत्रलाई स्थायी राजधानी कायम गर्नुपर्ने प्रस्ताव सोमबार पेश गरेका थिए। त्यसक्रममा संसदमा तनाव भएको थियो। कांग्रेसका सांसदहरुले सभाका कुर्सी तोडफोड गरेका थिए। तर दाङमा राजधानी लाने पक्षमा कांग्रेसका सांसदहरुले पनि मतदान गरेका छन्। 

प्रदेश ५ को प्रदेशसभामा ८७ जना सांसद रहेका छन्। जसमा नेकपाका मात्र ६१ जना छन्। कांग्रेसका १९ सांसद, जनता समाजवादीका ६, राष्ट्रिय जनमोर्चा १ जना सांसद छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.