अनसन २३ औँ दिनमा पुग्‍दा सरकारले बनाएन वार्ता टोली

|

काठमाडौं : चिकित्सा शिक्षाको सुधार सहित विभिन्‍न ६ बुँदे माग राख्दै १९ औँ अनसनरत डा गोविन्द केसीलाई शिक्षा सचिव गोपीनाथ मैनालीले भेट गरेका छन्।

डा. केसीसँग भेटेका सचिव मैनालीले डा. केसीका मागका विषयमा छलफल गर्न सरकारले वार्ता टोली गठन नगरेको समेत जानकारी गराएका छन्। मंगलबार शिक्षा सचिव मैनाली ३ जनाको टोलीको नेतृत्व गर्दै डा. केसीलाई भेट्न त्रिवि शिक्षण अस्तपाल पुगेका थिए।

पछिल्लो अनसन सुरु गरेयता डा केसीलाई भेट्ने शिक्षा सचिव मैनाली पहिलो सरकारी अधिकारी हुन्। उनले डा. केसीलाई अनसन फिर्ता लिन आग्रह गरेको डा. केसीका सहयोग प्रितम सुवेदी बताए।

सरकारी टोलीले अनसन फिर्ता लिन आग्रह गरेपछि डा केसीले सरकारका प्रवक्ताले यसअघि नै त्यही कुरा सार्वजनिक रूपमा गरिसकेकाले त्यतिका लागि मात्रै दुःख नगरेको भएपनि हुने बताएका थिए। सरकारले आफ्ना मागका विषयमा छलफल गर्न सरकारले आधिकारिक रूपमा वार्ता टोली बनाएर पठाउनुपर्ने अडान राखेका थिए।

यस्तै केसीले मागहरुमा छलफल गर्ने हो भने सरकारले आधिकारिक रूपमा वार्ता टोली बनाएर पठाउनुपर्ने अडान राखेर सरकारी वार्ता टोलीलाई पठाएको बताइएको छ।

डा. केसीको स्वास्थ्य नाजुक भइरहँदा सरकारले संवनदहीनता देखाएको भन्दै नागरिक तहबाट व्यापक विरोध भइरहेको छ। चिकित्सा शिक्षा सुधारलगायतका मागसहित भदौ २९ गते जुम्ला चन्दनाथ नगरपालिका ६ को बाबिरा मष्ट मन्दिरबाट १९ औं अनशन सुरु गरेका थिए।

तर स्वास्थ्यमा समस्या देखिँदा पनि सरकारले वास्ता नै नगरेपछि उनी ८ औं दिनमा जुम्ला छोडेर काठमाडौं आइपुगेका थिए। डा. केसीले १९ औं अनसन सुरु गरेको मंगलबार २३ दिन पुगेको छ।

२३ दिनदेखि अनसनरत केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि आवासीय चिकित्सकहरु सडकमा निस्किएर प्रदर्शन गरेका छन्। आइतबारदेखि आन्दोलन थालेका आवासीय चिकित्सकहरु मंगलबार पनि सेवा रोकेका छन।  

सोमबारै केसीको आन्दोलनमा समर्थन जनाउन नेपाली कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्मा त्रिवि शिक्षण अस्पताल पुगेर केही बेर धर्नामा बसेका छन्। यता चिकित्सकहरुको साझा संस्था नेपाल चिकित्सक संघले समेत केसीको माग सम्बोधन गरी उनको उनको जीवनरक्षाको माग राख्दै ७२ घण्टे अल्टिमेटम दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.