|

काठमाडौं : शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ को परीक्षा दशैँ र तिहारबीच लिन सकिने सम्भावनाबारे छलफल गरेको छ।

मन्त्रालयले लकडाउनमा रोकिएको सबै परीक्षा सञ्चालनका लागि सैद्धान्तिक स्वीकृति दिइसकेको जानकारी दिँदै प्रवक्ता दीपक शर्माले भने, ‘कक्षा ११ को आन्तरिक मुल्यांकन परीक्षाको जिम्मा विद्यालयलाई नै दिइएको छ। समय अनुकूल भएपछि परीक्षा लिँदा हुन्छ। १२ को परीक्षाको विषयमा समय अनुकुल बन्दै गएमा दशैँ र तिहारबीच गर्ने कि भन्नेबारे मन्त्रालयमा छलफल भैरहेको छ, छिट्टै परीक्षाबारे टुंगोमा लाग्छ।’

उनका अनुसार विद्यार्थीले आफू नजिक भएका स्कूलमा गएर परीक्षा दिनसक्ने विकल्पमाथि पनि छलफल चलिरहेको छ। वैकल्पिक सिकाइलाई सहज बनाउन मन्त्रालयले सियुजी सीम वितरण गर्न लागेको पनि जानकारी दिए। उनले भने, ‘इन्टरनेटकै माध्यमबाट विद्यार्थीबाट पढ्नका लागि मन्त्रालयले सियुजी व्यवस्था गर्न लागेको छ। सबै खर्च मन्त्रालयले गर्नेछ। यसका लागि नेपाल टेलिकम लगायत सेवा प्रदायकसँग छलफल गरिरहेका छौँ।’

स्थानीय तहले नै शुल्क निर्धारण गर्नुपर्ने उनले बताएका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.