|

काठमाडाैं : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अनशनरत डा गोविन्द केसीका माग पूरा गर्न सरकारलाई दबाब दिन भन्दै विरोध प्रदर्शन गरेको छ। 

नेविसंघले काठमाडौंको कोटेश्वरमा विरोध प्रदर्शन गरेको हो। विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले गरिब जनताको पक्षमा आवाज उठाउने डा। केसीको माग तत्काल सरकारले पूरा गर्नुपर्ने बताए।

तर सरकारल डा केसीका माग पूरा गर्न गम्भीर नदेखिएको काफ्लेले बताए। सरकार आफ्नो पार्टीका नेताहरुको व्यवस्थापनका लागि पद बाँडफाँट गर्न तल्लीन भएकाले डा केसीका माग सम्बोधन गर्न नचाहेको बताए।

विरोध प्रदर्शनमा विद्यार्थी नेताहरु विभिन्न ब्यानरसहित उपस्थित भएका थिए। ‘डा गोविन्द केसीको माग पूरा गर’, ‘मेडिकल माफिया मुर्दावाद’, ‘दूरदराजमा मेडिकल कलेज खै’ लगायत लेखिएका ब्यानर लिएर विधार्थीहरु उपस्थित भएका थिए। 

 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.