|

कपिलवस्तु : निर्माणाधीन शौचालयको खाल्डोमा डुबेर १ जना बालकको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका – १५ दलदलाहास्थित निर्माणधीन शौचालयको खाल्टोमा डुबेर बिष्णु गिरीका २ वर्षे छोरा मनिषको मृत्यु भएको हो।

आज साँझपख शौचालयको वरिपरि खेल्दै गरेका उनी अकस्मात ढक्कन नलगाएको खाल्डोमा खसेका थिए। मृतक मनिषकी आमाले खाल्टोमा डुबेको छोरालाई निकालेर उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पुर्‍याएकी थिइन्, जहाँ चिकित्सकले बालकलाई मृत घोषित गरे। शवको पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.