|
अजरबैजान र आर्मेनियाका विदेशमन्त्रीबीच रसियाको मध्यस्थतामा १० घण्टासम्म वार्ता भएको थियो।

रूसले हस्तक्षेप गरेपछि युद्धरत आर्मेनिया र अजरबैजान अस्थायी युद्धविराम गर्न तयार भएका छन्। विवादित नागोर्नो काराबाख क्षेत्रमा प्रभुत्व स्थापित गर्न यतिखेर पूर्व सोभियत संघका दुई गणराज्य यतिखेर युद्धरत छन्।

रसियाका विदेशमन्त्री सर्गेई लाव्रेभले युद्धरत दुई मुलुक अस्थायी युद्धविराम गर्न तयार भएको जानकारी दिएका छन्। रूसको मध्यस्थतामा अजरबैजान र आर्मेनियाका अधिकारीहरुबीच मस्कोमा १० घण्टा लामो वार्ता भएको थियो। लामो समयसम्म भएको वार्तामा रस्साकस्सी चलेसँगै रूसले हस्तक्षेप गरेपछि दुवै देश शनिबार अपराह्नदेखि युद्धविराम गर्न राजी भएका हुन्। 

युद्धविराम शुरू भएपछि दुवै देशले युद्धमा मारिएका आफ्ना सैनिकको शव बुझ्नेछन् र एक अर्कोले युद्धबन्दी बनाएका सैनिकहरु आदानप्रदान गर्नेछन्। 

नागोर्नो काराबाख क्षेत्रमा किन भिडे‌ आर्मेनिया र अजरबैजान ?

रूसी विदेशमन्त्री लाभरोभले अस्थायी युद्धविरामसँगै नागोर्नो काराबाख क्षेत्रमा शान्ति स्थापना गर्न दुवै देशबीच बातचित अघि बढाइने जानकारी पनि दिएका छन्।

युद्ध शुरू भएपछि अजरबैजान र आर्मेनियासँग रूसले पहिलोपटक प्रत्यक्ष संवाद गर्नासाथ जारी लडाईं स्थगित हुने भएको हो। मस्कोमा भएको बैठकमा आर्मेनिया र अजरबैजानका विदेशमन्त्री सहभागी रहेका बीबीसीले उल्लेख गरेको छ।

सेप्टेम्बर २७ तारिखदेखि शुरू भएको युद्धका क्रममा अहिलेसम्म तीन सयभन्दा बढी सैनिक तथा सर्वसाधारणको ज्यान गइसकेको छ। हजारौं मानिसहरु विवादित नागोर्नो काराबाख क्षेत्रबाट विस्थापित भएका छन्। 

काराबाख क्षेत्रमा सीरियाका युवालाई किन बलि चढाइँदैछ ?

नागोर्नो काराबाख क्षेत्र अजरबैजानको आधिकारिक भूमि हो। तर सन् १९९४ मा अन्त्य भएको युद्धपछि यस क्षेत्रमा आर्मेनियाले कब्जा गरेको थियो।

सन् १९८० को अन्त्यदेखि सन् १९९० को शुरूसम्म यस क्षेत्रको स्वामित्वलाई लिएर आर्मेनिया र अजरबैजानबीच युद्ध भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.