|

गुल्मी : घरायसी कलहका कारण गुल्मीको इस्मारजस्थलमा बुधबार एक वृद्धले पत्नीको हत्या गरेका छन्। इस्मारजस्थल १ का ५९ बर्षीय यमबहादुर अर्यालले खुकुरी प्रहार गर्दा पत्नी ४५ बर्षीया कमलाको मृत्यु भएको गुल्मीका डीएसपी महेन्द्र नेपालले बताए।

कमलाको टाउको तथा घाटीमा चोट लागेको थियो। खुकुरी प्रहार गरेपछि ढुंगाले समेत टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ। छुटाउन खोज्दा छिमेकी १४ बर्षीया माया कुँवर पनि घाइते भएकी छन्। उनको वायाँ हातमा चोट लागेकाले स्थानीय स्वास्थ्य संस्थामा उपचार गरी घर फर्केको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले यमबहादुरलाई पक्राउ गरेको डीएसपी नेपालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.