|

काठमाडौं : नेपालमा कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ। 

सुनसरीका मात्रै ३ जना कोरोना संक्रमतिको मृत्यु भएको छ। २ जनाको धरान र एक जनाको विराटनगरमा मृत्यु भएको हो।  धरान उपमहानगरपालिका–१५ मा होम आइसोलेशनमा बसेका ७० वर्षीय कोरोना संक्रमतिको आज बिहान मृत्यु भएको छ। उनको एक साताअघि विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। 

छोराको मृत्यु संस्कारका लागि बेलायतबाट आएका उनी रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेशनमा बसेका थिए। विपी प्रतिष्ठानको कोभिड अस्पताल भरिएपछि उनलाई घरमै राखिएको थियो। यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ। 

धरान–२ स्थायी ठेगाना भएका ८९ वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको हो। उनलाई २३ गते कोरोना पुष्टि भएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको सहप्रवक्ता डाक्टर आशिष श्रेष्ठले जानकारी दिए। सुनसरीका अर्का एक कोरोना संक्रमितको नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको छ। बराहक्षेत्रका ३७ वर्षीय पुरुषको आज बिहान ६ बजेर ५० जाँदा मृत्यु भएको अस्पतालले जनाएको छ।

रुपन्देहीमा कोरोना भाइरस संक्रमति थप एक जनाको मृत्यु भएको छ।  बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुषको आज बिहान साढे ७ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिए। यही असोज १९ गते कोरोना संक्रमण पुष्टि भएपछि असोज २० गते कोरोना विशेष अस्पतालमा भर्ना भएका देवदह नगरपालिका १० का संक्रमित ति पुरुषको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.