|

सुर्खेत : नेकपा कर्णाली प्रदेशका निवर्तमान प्रमुख सचेतक गुलाबजंग शाहले कोमामा गएका दलका नेताले पदमुक्त गर्न नमिल्ले बताएका छन्। 

सोमबार मात्रै मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले प्रमुख सचेतक शाहलाई पदमुक्त गरी सचेतक सीता नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

‘कोमामा गएका दलका नेताले बर्खास्त गरेर केही हुँदैन्, मंगलबार बैठक पनि बस्छ, निर्णय पनि हुन्छ,’ शाहले भने, अविश्वासको प्रस्ताव झेलिसकेका दलका नेताले कुनै निर्णय गर्न मिल्दैन।

उनले  अब केन्द्र पार्टीको कुनै पनि कुरा नसुन्ने बताए। पछि हट्ने अवस्था नरहेको उनको भनाइ छ। 

यो पनि पढ्नुहोस् 

 

 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.