काठमाडाैं : भ्रष्टाचारले जीवन धान्नेले भ्रष्टाचारको विरोध गरिरहेका भन्दै साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले दुख व्यक्त गरेका छन्।
दिनदिनै ठग्नले आदर्शको भाषण गरेको भन्दै उनले सधैं नराम्रो गर्नेले लाभ पाइरहेको र राम्रो गर्नेले एकाध गल्ती गर्दा दानवीकरण गराइएको भन्दै पीडा पोखेका छन्।
शुक्रबार दिउँसो एक ट्विट गर्दै मिश्रले ‘कस्तो समाज बनाउँदै छौं हामी भन्दै प्रश्नसमेत गरेका छन्। साथै उनले यो सबैको समाधान केवल गुणस्तरीय शिक्षा भएको लेखेका छन्।
पछिल्ला दिन विकसित राजनीतिक घटनाक्रम र त्यसप्रति भइरहेको चर्चाप्रति मिश्रको भनाइ केन्द्रित छ।
भ्रष्टाचारबाट जीवन धान्नेले भ्रष्टाचारको तिब्र विरोध गर्ने। दिनदिनै ठग्नेले आदर्शको भाषण गर्ने। सधैँ नराम्रो गर्नेले लाभ पाउने, सधैँ राम्रो गर्नेले एकाध गल्ती गर्दा दानवीकृत हुनु पर्ने। कस्तो समाज बनाउँदै छौँ हामी? पहिलो समाधान- निशुल्क/गुणस्तरीय सार्वजनिक शिक्षा, शिक्षा, शिक्षा!
— Rabindra Mishra (@RabindraMishra) October 16, 2020
तपाईंको ईमेल गोप्य राखिनेछ ।