|

बाँके : नेपालगन्ज नर्सिङ क्याम्पसमा एमाले निकट अनेरास्ववियुकी शर्मिला थापा स्ववियु सभापति पदमा विजयी भएकी छन्। उनले ५८ मत प्राप्त गरिन् भने उनका निकत्तम प्रतिद्वन्द्वी नेविसंघकी सुष्मिता आचार्यले ५५ मत प्राप्त गरेको अधिकृत तुलसा सुनारले जानकारी दिइन्। अध्यक्षी अर्की उम्मेदवार अखिल क्रान्तिकारीकी सिर्जना अधिकारीले ५३ मत प्राप्त गरिन्।

नेपालगन्ज नर्सिङ क्याम्पसमा १७७ जना मतदाता रहेकोमा १७६ मत खसेको थियो। मत परिणाम अनुसार सचिवमा अखिल क्रान्तिकारीकी मनिषा मल्ल विजयी भइन्। उनले ६३ मत प्राप्त गरिन् भने अनेरास्ववियूकी दिक्षा आचार्यले ५८ र नेविसंघकी प्रेरणा थापाले ४८ मत प्राप्त गरेको निर्वाचन अधिकृत सुनारले बताइन्।

कोषाध्यक्षमा अनेरास्ववियुकी कविता श्रेष्ठ विजयी भएकी छन्। उनी ६३ मत प्राप्त गरिन्। सदस्यतर्फ नेविसंघले २ र अनेरास्ववियूले एक सदस्य जितेको छ। नेविसंघकी आकृती पौडेलले ६६, अनेरास्ववियुकी पुनम थारुले ६० र नेविसंघकी संगीता न्यौपानेले ५९ मत प्राप्त गरेको निर्वाचन अधिकृत सुनारले जानकारी दिइन्।

बाँकेको जन सिद्धेश्वर बहुमुखी क्याम्पस फत्तेपुरमा बुधबार सम्पन्‍न निर्वाचनमा नेविसंघकी चित्रकला पुन अध्यक्षमा विजयी भएकी छन्। ज्ञानोदय बहुमुखी क्याम्पस खुजराको स्ववियु अध्यक्षमा नेविसंघका हिमाल पहाडी विजयी भएका छन्। कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसमा मतपरिणाम आउन बाँकी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.