२१ दिनदेखि लडाईँ गरिरहेका आर्मेनिया र अजरबैजानले नागोर्नो काराबाख क्षेत्रमा मानवीय युद्धविराम घोषणा गर्न सहमति जनाएका छन्। दुवै देशले पछिल्लो युद्धविराम आज मध्यरातदेखि लागू हुने घोषणा गरेका छन्।
यसअघि गत साता पनि युद्धरत यी दुई देशले युद्धविरामको निर्णय गरेका थिए। तर सो निर्णय लिएको भोलिपल्टै काराबाख क्षेत्रमा पुनः युद्ध भएको थियो।
अहिले पनि सिजफायर घोषणा गरेपनि दुवै देशका सेनाबीच झडप जारी छ। पूर्ववत् सम्झौता उल्लंघन गरेको भन्दै शनिबार (हिजो) आर्मेनिया र अजरबैजानले एक अर्कोमाथि आरोप लगाएका थिए।
सेप्टेम्बर २७ तारिखदेखि शुरू भएको युद्धका क्रममा अहिलेसम्म सयौं सैनिक तथा सर्वसाधारणको ज्यान गइसकेको छ। हजारौं मानिसहरु विवादित नागोर्नो काराबाख क्षेत्रबाट विस्थापित भएका छन्।
नागोर्नो काराबाख क्षेत्र अजरबैजानको आधिकारिक भूमि हो। तर सन् १९९४ मा अन्त्य भएको युद्धपछि यस क्षेत्रमा आर्मेनियाले कब्जा गरेको थियो।
सन् १९८० को अन्त्यदेखि सन् १९९० को शुरूसम्म यस क्षेत्रको स्वामित्वलाई लिएर आर्मेनिया र अजरबैजानबीच युद्ध भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।