|

  • भुपाल थापा

कपिलवस्तु : जिल्लाका ४ क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको छ। ४ क्याम्पसमध्ये २ क्याम्पसको मतपरिणाम सार्वजनिक हुँदा दुबै क्याम्पसमा राप्रपा समर्थित राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठनले स्ववियु सभापति जितेको छ।

नेपाल आदर्श बहुमुखी क्याम्पसमा राप्रपा निकट राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठनका रजत गुप्ता सभापतिमा निर्वाचित भए। निर्वाचनमा खसेको १७५ मत मध्ये गुप्ताले अखिल संयुक्त प्यानलका अशोक पोख्रेललाई ७ मतले हराए। गुप्ताको पक्षमा ६१ मत र पोख्रेलको पक्षमा ५६ मत परेको छ।

सचिवमा राष्ट्रिय प्रजातन्त्र विद्यार्थि संगठनका मार्सल आचार्य र  कोषाध्यक्षमा अखिल सयुक्त प्यानलका अनुप केसी निर्वाचित भए। त्यस्तै समयथान बहुमुखी क्यापसम बासुदेव केसी स्ववियु सभापति चुनिए। उनले २७ मत ल्याए।

सचिव पदमा नेकपा एमाले निकट अनेरास्ववियुका कृष्ण घिमिरे २८ मत ल्याई विजयी भए। कोषाधक्ष्यमा अनेरास्ववियुकै विनिता गौतम २७ मत ल्याएर विजयी भइन्।  सदस्यहरुमा मधु भुसाल, नेहा पाण्डे र विरेन्द्र गुप्ता विजयी भए। क्याम्पसमा ५१ मत खसेको थियो । 

यता जिल्लाकै शिक्षाको धरोहरको रुपमा रहेको सिद्धार्थ क्याम्पस बुङचीमा अहिले ८ बजेबाट मतगणना सुरु हुने बताइएको छ । त्यस्को छेउमै रहेको बाणगंगा बहुमुखी क्याम्पस लौगाइमा अहिले मतगणना भैरहेको छ। बाणगंगा क्याम्पसमा अहिलेसम्मको मतपरिणामअनुसार अनेरास्ववियु अघि छ। जिल्ला सदरमुकाम तौलिहवा, महराजगंज, गोरुसिङगे र बरकलपुरमा चुनाव भएन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.