|

काठमाडौं :  युरोपा लिगको समुह चरणको खेलमा टोटनह्याम पराजित भएको छ। गएराति सम्पन्न खेलमा टोटनह्यामलाई बेल्जियमको क्लब रोयल अन्टवेर्पले १-० गोल अन्तरले हरायो।

अन्टवेर्पको जितमा खेलको २९औ मिनेटमा लिओर रेफालेभले गोल गरेका थिए।योसहित टोटनह्यामले बेल्जियम क्लबसँग खेलेको पछिल्लो ६ खेलमा जित हासिल गर्न सकेको छैन। ६ खेलमा ४ पटक हारेको छ भने २ खेल बराबरीमा रोकिएका छन्।

यो जितपछि अन्टवेर्प समुह जे मा २ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ भने टोटनह्यामको २ खेलमा ३ अंक रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.