|

काठमाडौं : सुनसरीको धरानमा झापाका ७३ वर्षीय कोभिड संक्रमित पुरुषको मृत्यु भएको छ। झापाको गौरीगञ्जका संक्रमित पुरुषको शनिबार बिहान पौने ७ बजे बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो।

ती पुरुषमा कात्तिक ६ गते कोरोना पुष्टि भएपछि ७ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो। ती पुरुषमा दीर्घ रोग मुटुमा समस्या रहेको प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए। 

योसँगै झापामा कोभिड संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार झापामा ९१५ कोरोना संक्रमित उपचाररत छन्। १ हजार ३१५ कोरोना संक्रमणबाट मुक्त भएका र कुल संक्रमित २ हजार २४० रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.