|

जाजरकोट : सल्यानको सल्लीबजारबाट कुशे गाउँपालिका-६  जाँदै गरेको भे १ त ८३१४ ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।

छेडागाड नगरपालिका-१० धारामा दुर्घटना ग्रस्त हुँदा कुशे ६ का २४ वर्षीय सहचालक रामबहादुर सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ। डिजेल बोकेर गएको ट्याक्टर आज बिहान दुर्घटनाग्रस्त भएको हो।

जाजरकोटमा पेट्रोलियम पदार्थको डिपो नहुँदा सल्ली बजारबाट तेल ढुवानी गरिँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.