|

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गरेको छ। गएराति सम्पन्न खेलमा बैंगलोरले दिएको १२१ रनको लक्ष्य पछाएको हैदरावादले १४.१ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो।​

हैदरावादका लागि रिद्धिमान शाहले ३९ रन बनाए भने मनिष पाण्डेले २६ रन बनाए। ​ बैंगलोरका लागि युजवेन्द्र चहलले २ विकेट लिए भने वाशिंटन सुन्दर र नवदीप सैनीले एक एक विकेट लिए।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाउदै १२० रन बनाएको थियो।​ बैंगलोरका लागि जोश फिलिपले ३२ रन बनाए भने एबी डिभिलीयर्सले २४, वाशिंटन सुन्दरले २१, गुरकीरत सिंहले १५ रन बनाएका थिए । त्यस्तै देवदत्त पाडिकलले ५, कप्तान विराट कोहलीले ७ रन बनाएका थिए।

हैदरावादका बलर सन्दीप शर्मा र जासन होल्डरले २-२ विकेट लिएका थिए भने टी नटराजन, शहबाज नदीम र राशिद खानले एक एक विकेट लिएका थिए।

यो जितपछि सनराइजर्स हैदरावाद १३ खेलमा ६ जितपछि १२ अंकसहित अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ।

अब आइपिएलको प्लेअफमा पुग्ने बाँकी तीन टीमको टुंगो अन्तिम खेलहरुपछि नै लाग्ने भएको छ। अहिलेसम्म मुम्बई इण्डियन्स मात्र प्लेअफमा पुगिसकेको छ भने शिर्ष स्थानमा रहेर मुम्बई  पहिलो क्वालिफायर खेल्ने निश्चित भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.