|

काठमाडौं :  लिभरपुल प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। 

शनिबार राति भएको खेलमा वेस्टह्‍यामलाई २-१ ले पराजित गर्दै लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुलको जितका लागि मोहम्मद सलाह र डिओगो जोटाले एक-एक गोल गरे। पाहुना टोली वेस्टह्‍यामका लागि पाब्लो फोर्नाल्सले एक गोल गरे।

यस जितसँगै लिभरपुलले ७ खेलबाट ५ खेलका जित र एक खेल बारबरी खेल्दै १६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पराजित वेस्टह्‍यामले भने समान खेलबाट ८ अंक जोड्दै तालिकाको १३औं स्थानमा छ।

यस्तै गएराति नै भएको अर्को खेलमा चेल्सीले बर्नलीलाई ३-० गोल अन्तरले पराजित गरेको छ। चेल्सीको जितमा हाकिम जिएच, कुर्ट जोउमा र टिमो वेर्नरले एक एक गोल गरेका थिए। यस अघिका लिगका दुई खेल बराबरी खेलेको चेल्सीले यस खेलमा सहज जित हासिल गरेको छ। यो जितसँगै चेल्सीको ७ खेलमा १२ अंक भएको छ भने बर्नली यस सिजनमा जित हासिल गर्न सकेको छैन। 

यसै गरी म्यानचेस्टर सिटीले शेफिल्ड युनाइटेडलाई १–० ले पराजित गरेको छ। सिटीको जितमा कायल वकरले २८ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। वकरले आफ्नो पूर्व क्लब विरुद्ध गोल गरेका हुन्।

आठौँ स्थानको सिटीको जितपछि ६ खेलबाट ११ अंक भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.