|

काठमाडौं :  स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ। गएराति भएको खेलमा बार्सिलोनाले डिपर्भोटिभो आलाभेससँग ११ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।​

आलाभेसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले बराबरी खेलेको हो। खेलको ३१औ मिनेटमा आल्भेजका लुइस रिओजाले गोल गर्दै बार्सिलोनामाथि शुरुवाती अग्रता लिएका थिए ।

पहिलो हाफमा १-० ले पछि परेको बार्सिलोनाका लागि दोस्रो हाफको ६३औ मिनेटमा एन्टोनी ग्रीजम्यानले गोल गर्दै खेल बराबरी गरेका थिए । खोलको ६२औ मिनेटमा आल्भेजका जोटाले दोस्रो पहेलो कार्ड पाउदै मैदान छोडेपछि अल्भेज १० खेलाडीमा सिमित भएको थियो।

त्यसको एक मिनेटपछि एन्टोनी ग्रिजम्यानले बार्सिलोनाका लागि बराबरी गोल गर्दै टिमलाई हारबाट जोगाए।

बराबरीसँगै बार्सिलोनाले ६ खेलबाट ८ अंक जोडेको छ। आलाभेसको पनि ६ खेलबाट ८ अंक नै छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.