|

काठमाडौं  : काठमाडौंमा बिहीबार सुरु भएको नेपाल लगानी सम्मेलनमा ११ खर्ब रुपैयाँ लगानीको प्रतिवद्धता आएको छ। सरकारले नेपालमा लगानीका लागि प्राथमिकता तोकेका विभिन्न ८ क्षेत्रमा साढे ११ खर्बको लगानी प्रतिवद्धता आएको उद्योग मन्त्री नवीन्द्रराज जोशीले जानकारी दिए।

सरकारले नेपालमा विदेशी लगानी भित्र्याउन विभिन्न देशका लगानीकर्ताको सहभागीतामा सम्मेलन गरेको हो। सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादनमा नेपालमा लगानीका लागि सरकारले आग्रह गरेको थियो।

शुक्रबार सम्मेलनको अन्तिमसम्म १५ खर्बको लगानी प्रतिवद्धता आउने अनुमान गरिएको लगानी बोर्डको सहसचिव खगेन्द्र रिजालले जानकारी दिए। सरकारले विभिन्न देशका २ सय ५० वटा ठूला लगानीकर्ता सम्मेलनमा सहभागी हुने अनुमान गरेपनि करिब १०० वटामात्र आएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.