|
लेखक बिनिता र अभिनेत्री ऋचा शर्मा पुस्तक सार्वजनिक गर्दै।

काठमाडौं : चपली हाइट फिल्मबाट चर्चामा आएकी बिनिता बरालले जुइनो उपन्यास सार्वजनिक गर्दै, उपन्यास लेखनको कारण खोलिन्। पछिल्लो समय कृषिमा लागेकी बरालले उपन्यासको मुख्य थिम कृषि नै बनाएको बताइन्।

उनको लभ स्टोरी उपन्यासकी मुख्य पात्र कथा कृषि पेशामा छिन्। उनी अशोक नामक केटासँग लभ अफेयरमा छिन्। अशोक तिनै युवक हुन्- जसलाई बिनिताले उपन्यास नै समर्पित गरेकी छन्।

'मेरा बा आमा कृषक, परिवार नै कृषिमा संलग्न छ' बरालले विगत सम्झदै भनिन् 'मलाई कृषि क्षेत्रमा व्यापार गर्न मन लाग्यो।' उनले जहाँतहीँ बाँझो खेतबारी देखेका कारण आफु कृषिलाई नै विषय बनाएर उपन्यास लेखेको बताइन्। ‘बाँझो जग्गा देखेपछि छटपटी हुन लाग्यो’ बिनिताले खुलाइन्।

अभिनयबाट चर्चामा आइसकेकी बिनिता पछिल्लो समय अर्गानिक खेतीमा पनि लागेकी थिइन्। त्यस क्रममा उनले कृषि डायरी लेख्न थालिन्। उनले साथीहरुसँग सल्लाह गरिन् कृषि डायरी कस्तो हुन्छ भनेर। साथीहरुबाट सकारात्मक प्रतिक्रिया नआएपछि बिनितालाई लाग्यो ‘युवाले कृषि डायरी नपढ्ने रहेछन्, उनीहरुले त प्रेम पढ्ने रहेछन्।’ उनले कृषिलाई नछोडी लभ स्टोरी ट्राई गरिन्।

किताब लेखनका बेला चार पाँच उपन्यास पढेको बिनिताले बताइन्। ‘अनि लेख्थे र लेखेको रिराइट गर्थेँ’ उनले लेखन अनुभव सुनाइन्। बिनिताले लेखेको उपन्यासको नाम साहित्यकार कृष्ण अविरलले जुराइदिए -जुइनो। बाबियोबाट बन्ने डोरीलाई पूर्वतिर जुइनो भनिन्छ।

उनले उपन्यासको मूख्य पात्रको नाम नै कथा राखेकी छन्। जुन नाम उनलाई फन्नी लाग्छ। ‘बिहे गरेर छोरी जन्माएर उसको नाम कथा राख्ने रहर छ’ मनको रहर व्यक्त गरिन्, हाँस्दै र हसाउँदै।

क्रान्तिकारी पात्र कथालाई ल्याएर कृषिमा आफुले गर्न नसकेको काम गराउने चाहना बिनिताको थियो। तर उनलाई आपत पर्‍यो, जब उनका पात्रहरुले शब्द शब्दमा प्रेम गरे। हरेक पल प्रेम गरे कथा र अशोकले। अनि उपन्यास लभ स्टोरी बन्यो। तैपनि बिनिताले कृषिलाई कथामा जोडिरहिन्।

सुरुमा बिनिताले एक्लै कोठामा बसेर लेखिन्। उनलाई के लेखे थाहा भएन। अनि अग्रज साहित्यकार र प्रकाशकले उनलाई सेटिङ मिलाउन र रिराइट गर्न लगाइरहे।

उनले किताबबारे भन्ने जिम्मा पाठकलाई नै दिइन्। तर पाठकलाई उनको सुझाव ‘पाठकलाई धेरै आश नगरी पढे जुइनोबाट धेरै पाउनुहुनेछ। आश गरेर पढे भन्न सकिन्न।’

उनले अन्तिममा भनिन् ‘बाँकी किताबले नै भन्नेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.