|

काभ्रे : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  माओवादीलाई नहेप्न र साह्रै धेरै नखेद्न चेतावनी दिएका छन्। उनले माओवादीलाई कमजोर ठानेर कमजोर पार्ने प्रयास र षड्यन्त्रले कुनै दल, नेता तथा राष्ट्रलाई हित नहुने दाबी पनि गरे।

नेकपा माओवादी केन्द्र काभ्रेको ऐतिहासिक स्थान कामीडाँडामा आयोजना गरेको शहिद सप्ताहको छैटौँ दिन शुक्रबार प्रधामन्त्रीले सहिद परिवारलाई सम्मान गर्दै यस्तो बताएका हुन्।

‘१० वर्षे जनयुद्वपछिको १० वर्षको अवधिमा माओवादीले भोगेको कठिन चुनौतीबाट निरास भएको छैन,’ उनले भने, ‘माओवादी सिध्याउने षड्यन्त्र भयो भने अर्को ठूलो जोखिम मोल्न तयार छौँ। माओवादी जोखिम उठाउने जात नै हो, त्यसका लागि तयार छौ।’

उनले आजभोलि आफूलाई निद्रा लाग्नै छाडेको भन्दै निर्वाचन गर्ने अठोट पूरा गरिछाड्ने दाबी पनि गरे।

कामीडाँडामा जनताले प्रधानमन्त्री आँगनमै आएका बखत राखेका थुप्रै मागहरुलाई दाहालले निर्वाचन आचारसंहिताका कारण तत्कालै पूरा गर्न नसकेपनि आगामी बजेट तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता जनाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.