|

काठमाडाैं : नेसन्स लिगमा राज राति ९ खेल हुँदै छन्। आज राति विश्वविजेत फ्रान्सले युरोविजेता पोर्चुगलविरुद्ध उसकै मैदानमा खेल्दैछ।

खेल आजै राति साढे १ बजे हुँदैछ। राम्रो लयमा रहेको पोर्चुगलविरुद्ध उत्रिन लागेको फ्रान्स ३ खेलमा जित र एक बराबरी गर्दै लिगमा १० अंकसहित दोस्रो स्थानमा छ भने उति नै खेल खेलेको पोर्चुगलको पनि समान १० अंक भए पनि गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ। 

मैत्रीपूर्ण अघिल्लो खेलमा फ्रान्स घरेलु मैदानमा फिनल्यान्डसँग स्तब्ध भएको थियो। त्यसअघिको संघर्षपूर्ण खेलमा क्रोएसियालाई उसकै घरेलु मैदानमा २–१ गोलअन्तरले हराएको थियो। 

यता पोर्चुगलले भने कमजोर टिम अन्डोरालाई उसकै मैदानमा ७–० को फराकिलो गोलअन्तरले हराएको थियो। त्यसअघि पोर्चुगलले स्वीडेनमाथि पनि ३–० ले खेल जितेको थियो। 

त्यसैगरी आज राति नै जर्मनी र युक्रेन पनि भिड्दै छन्। यी दुईबीचको खेल पनि साढे १ बजे नै हुँदैछ। चार खेलमा तीन बराबरी गरेको जर्मनीलाई आजको खेल जित्नैपर्ने दबाब छ। जर्मनीले अघिल्लो खेलमा चेक रिपब्लिकलाई कठिन १–० ले हराएको थियो भने टर्की स्विट्जरल्यान्ड र स्पेनसँग बराबरी खेलेको थियो।

त्यस्तै अघिल्लो खेलमा पोल्यान्डसँग ०–२ गोलअन्तरले हारेको युक्रेनले त्यसअघिको सनसनीपूर्ण खेलमा भने स्पेनलाई आफ्नै मैदानमा १–० ले हराएको थियो। युक्रेनले भने चार खेलमा २ हार र २ बराबरी गरेको छ। 

त्यसैगरी आजै राति हुने अन्य खेलमा स्पेनले स्विट्जरल्यान्डको मैदानमा खेल्दै छ। यी दुईबीचको खेल पनि राति सोही समयमा हुँदैछ। बेल्जियमसँग १–२ ले पराजय भोगेको स्विट्जरल्यान्ड घरेलु मैदानमा आज जितको खोजीमा हुनेछ। 

आजै राति सानमारिनो जिब्राल्टारविरुद्ध उत्रिँदा माल्टाले अन्डोराविरुद्ध खेल्नेछ। दुवै खेल आज राति पौने आठ बजे हुनेछ। त्यसैगरी अजरबैजानले राति पौने ११ बजे मोन्टेनेग्रोको सामना गर्दा साइप्रसले लक्जम्बर्गविरुद्ध यही समयमा खेल्नेछ। 

लात्भियाले पनि आजै राति पौने ११ बजे फारो आइल्यान्डविरुद्ध खेल्दै छ। त्यस्तै स्वीडेनले पनि आजै राति क्रोएसियाविरुद्ध खेल्दै छ। यी दुईबीचको खेल राति साढे १ बजे हुँदैछ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.