|

काठमाडौं : युइएफए नेसन्स लिग फूटबलमा  फ्रान्सले पोर्चुगललाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा फ्रान्सले पोर्चुगलमाथि १-० गोल अन्तरले जित हासिल गरेको हो।

फ्रान्सको जितमा एनगोलो कान्टेले खेलको एक मात्र गोल गरेका थिए । कान्टेले खेलको ५३औ मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै फ्रान्स नेसन्स लिगको फाइनल्समा प्रवेश गरेको छ। फ्रान्स ५ खेलमा १३ अंक हासिल गर्दै समुह विजेता हुदै फाइनल्समा पुगेको हो। नेसन्स लिगको पहिलो सिजनको डिफेन्डिङ च्याम्पियन पोर्चुगल यो हारसँगै दोस्रो सिजनमा फाइनल्समा पुग्न असफल भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.