|

काठमाडौं : धरानस्थित बिपी कोइराला स्वास्थ्य कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा झापाका ८० वर्षीय वृद्धको मृत्यु भएको छ।

पहिलेदेखि नै दीर्घरोगबाट ग्रसित रहेका ती वृद्धको स्वाब परीक्षण गर्दा कोरोना संक्रमित रहेको पाइएपछि कात्तिक २९ गते कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानका सह-प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए। उनका अनुसार संक्रमितको आज दिउँसो साढे ४ बजे मृत्यु भएको हो।

यो सँगै प्रतिष्ठानमा कोभिड संक्रमणको कारण मृत्यु हुनेको संख्या १०४ पुगेको छ। त्यसैगरी, कोभिड संक्रमितको मृत्यु संख्या २२ पुगेको छ।

हाल सो जिल्लाका ८४२ जना संक्रमित उपचाररत छन्‌ भने दुई हजार ४५३ जना संक्रमणमुक्त भएका छन्‌। झापामा अहिलेसम्म तीन हजार ३१६ जनालाई कोरोना संक्रमण भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.