|

काठमाडौ :  युइएफए नेसन्स लिगमा  बेल्जियमले इङल्याण्डलाई पराजित गरेको छ। 

गएराति सम्पन्न खेलमा बेल्जियमले इङल्याण्डलाई २-० गोल अन्तरले पराजित गरेको हो। बेल्जियमको जितमा योउरी टिएलेम्यान्स र ड्राइज मार्टेन्सले एक एक गोल गरेका थिए।

योसँगै इङल्याण्डको नेसन्स लिगको फाइनल्सको सम्भावना सकिएको छ। इङल्याण्डको ५ खेलमा ७ अंक रहेको छ र अंक तालिकामा तेस्रो स्थानमा पुगेको छ। 

बेल्जियम भने समुह २ मा ५ खेलमा १२ अंकसहित शिर्ष स्थान रहेको छ।

अब बेल्जियमले आगामी विहिबार समुह चरणको अन्तिम खेल दोस्रो स्थानमा रहेको डेनमार्कसँग खेल्ने छ भने इङल्याण्डले आइसल्याण्डसँग खेल्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.