|

काठमाडौं : रुपन्देहीको भैरहवामा एकजना कोरोना संक्रमित पुरुषको निधन भएको छ।  भीम अस्पतालमा ती  पुरुषको मंगलबार बिहान ५ बजे निधन भएको हो ।

निधन हुनेमा नवलपरासी पश्चिमको बर्दघाट–१२ का ६३ वर्षीय पुरुष  रहेको अस्पतालले जनाएको छ। कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएको र हृदयघातका कारण निधन भएको अस्पतालका सूचना अधिकारी नारायण पोख्रेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.