|

काठमाडौं : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मोरङकी ७५ वर्षीय संक्रमित महिलाको मृत्यु भएको छ। संक्रमित महिलाको सोमबार साढे ७ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

मृतक महिला दीर्घ रोग भएकोले प्रतिष्ठानमा उपचाररत थिइन्। उनलाई २८ गते कोरोना पुष्टि भएको र सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानका सह-प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए।

यो सँगै प्रतिष्ठानमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ६ पुगेको छ।

त्यसैगरी, मोरङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ। १ हजार ४ सय १३ संक्रमित उपचाररत, ९ हजार ६ सय ३९ संक्रमणमुक्त र कुल संक्रमित ११ हजार १ सय ८ छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.