|

काठमाडौं : गाडी, मोटरसाइकल जस्ता सवारी साधन आवश्यकताले मात्र चढिँदैन, कतिपयको सोख पनि हुन्छ। दुई पांग्रे र चार पांग्रे सवारी साधन कस्तो किन्ने भन्ने कुरा व्यक्तिको आर्थिक अवस्था र व्यक्तिगत चाहनामा भर पर्छ।

यस्तै चाहनाको आधारमा विश्व बजारमा सस्तादेखि महंगासम्म गाडी र मोटरसाइकलहरु पाइन्छ। विश्व बजारको यो ट्रेन्ड नेपाली बजारमा पनि धेरैथोरै छ। नेपाली बजारमा सामान्यतय १ लाख देखि ४ लाख सम्मका मोटरसाइकल बढी बिक्री हुन्छन्। तर २५ लाख रुपैयाँ सम्मका मोटरसाइकल पनि यहीँ पाइन्छन्।

यी हुन् नेपालमा पाइने महंगा मोटरसाइङ्कल

सवारी तथा ढूवानी आयातकर्ता कम्पनीहरुको अधिकतम मूल्यसूचि अनुसार नेपालमा डेढलाख देखि २५ लाखसम्मका मोटरसाइकल बिक्री हुन्छन्। नेपाल अटोमोवाइल डिलर एसोसिएसनले प्रकाशित गरेको आफ्ना सदस्य डिलरहरुले बिक्री वितरण गर्ने सवारी साधनको मूल्य सूचिमा ५ लाख भन्दा बढी मूल्य पर्ने झण्डै दुई दर्जन मोटरसाइकल छन्।

सबैभन्दा महंगो मोटरसाइकल होण्डाको

नेपालमा बिक्री हुने मोटरसाइकलहरुमा सबैभन्दा महंगो हो होण्डा कम्पनीको सिबीआर ६०० आरआर रेप्सोल हो। ६०० सीसीको यो मोटरसाइकलको बजार मूल्य २४ लाख ९० हजार रुपैयाँ तोकिएको छ। त्यतिकै महंगो छ होण्डा सिबीआर ६०० आरआर टीआरआई कलर। ६०० सीसीको यो मोटर साइकलको मूल्य  २४ लाख ५० हजार रुपैयाँ तोकिएको छ।

त्यस्तै होण्डाको सिबीआर ६०० आरआर ग्रफिट ब्लक २४ लाख २० हजार  रुपैयाँ तोकिएको छ। होण्डाका यी तीनवटै मोटरसाइकल नेपालमा बिक्री हुने सबैभन्दा महंगा मोटरसाइकल हुन्। यी मोटरसाइकल स्याकार ट्रेडिङ कम्पनीले बिक्री गर्छ। 

६५० सीसीको सीबीआर ६५० फग, ५०० सीसीको सीबी ५०० एफ र २५० सीसीको होण्डा सिआरएफ २५० एल पनि महंगो मोटरसाइकलभित्र पर्छन्। जसको बजार अधिक मूल्य क्रमश १९ लाख ९९ हजार, १३ लाख ९९ हजार र १० लाख २५ हजार रुपैयाँ तोकिएको छ। त्यस्तै होण्डाको एमएसएक्स मोटरसाइकल पनि महंगो मोटरसाइकलमा पर्छ। १२५ सीसीको यो मोटर साइकलको मूल्य भने  यसको मूल्य भने ५ लाख ९९ हजार रहेको छ।

बजाज

नेपालमा पाइने बजाजको कावासाकी भीईआरएसवाईएस सर्सेज सबैभन्दा महंगो मोटरसाइकले हो। यसको बजार मूल्य १८ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ।

हंसराज हुलासले बजाज बाहेक अर्को ब्राण्ड केटीएम डियुकेई ३९० र आरसी २०० पनि मंहगा मोटरसाइकलमा पर्छन्। क्रमश ३९० र २०० सीसीका यी मोटरसाइकलको मूल्य ६ लाख ६ हजार ९ सय रुपैयाँ र ५ लाख २६ हजार ९ सय रुपैयाँ तोकिएको छ।

रोयलका ५ लाखमाथिका ८ मोटरसाइकल

नेपाली बजारमा ५ लाख भन्दा बढी मूल्य पर्ने रोयल कम्पनीका मात्रै ८ वटा मोटरसाइकल रहेका छन्। रोयल कम्पनीका मोटरसाइकल नेपालमा दुगड ब्रदर्श एण्ड सनले बेच्छ। यो कम्पनीले बेच्ने मोटरसाइकलमा सबैभन्दा महंगो थनवर्ड हो। ५०० सीसीको यो मोटरसाइकलको बजार मूल्य ५ लाख ८१ हजार रुपैयाँ तोकिएको छ।

कन्टिनेन्टल जीटीको मूल्य पनि ७ लाख २१ हरुजार रुपैयाँ नै तोकिएको छ। यो मोटरसाइकल ५३५ सीसीको हो। थन्डरबर्ड ३५० सीसीको मूल्य भने ५ लाख ७७ हजार रुपैयाँ रहेको छ। ५०० सीसीको कलासिक डिजर्ट स्ट्रोम, ५०० सीसीको  क्लासिक वाटेल ग्रीन र ४११ सीसीको हिमालयन मोटरसाइकल पनि महंगो मोटर साइकलमध्ये पर्छन्।

यी तीनवटै मोटरसाइकलको मूल्य समान ५ लाख ६१ हजार रुपैयाँ तोकिकएको छ। त्यस्तै महंगो मूल्य मध्यको ५०० सीसीको क्लासिक रेगुलरको मूल्य ५ लाख ४१ रुपैयाँ रहेको छ।

यमाहाको महंगो मोजो

यमाहा कम्पनीको नेपालमा सबै भन्दा धेरै मूल्य पर्ने मोटरसाइकल मोजो हो। अग्नि इनकर्पोरेट प्रालीले बिक्री गर्ने यो मोटरसाइकल ३०० सीसीको हुन्छ ने बजार मूल्य ५ लाख ८० हजार रुपैयाँ छ।

(नेपाल अटो मोवाइल्स एसोसिएसनका सदस्य डिलरले बेच्ने मोटर साइकल मध्ये धेरै मूल्य पर्ने मोटर साइकल मात्रै उल्लेख गरिएको छ।)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Mojo bike Yamaha ko haina Mahindra ko ho Mahindra ko most expensive bike in Nepal Mojo Yamaha ko most expensive bike R6 , R1