|

इलाम : बंगलादेश विरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा छिरिङ गुरुङले डेब्यु गरेका छन्। उमेर समूहको विभिन्न टोलीबाट प्रतिनिधित्व गरेका इलामको सन्दकपुर गाउँपालिका–५ जमुनाका छिरिङ च्यासल क्लबाट राइट ब्याक पोजिसनमा खेल्छन्। डिफेन्डर अजित भण्डारीको स्थानमा छिरिङ टोलीमा आएका हुन्।

एन्फा एकाडेमीका उत्पादन छिरिङ राष्ट्रिय टोलीमा परेको पहिलो अवसरमा नै डेब्यु गर्ने अवसर पाएका हुन्। उनी गत वर्ष सम्पन्न १३ औँ सागको स्वर्ण विजेता फुटबल टोलीका सदस्यसमेत हुन्।

भरत खवासको कप्तानीमा उत्रिएको टोलीमा प्रशिक्षक बालगोपाल महर्जनले सुरुवाती ११ मा ५ जना खेलाडी परिर्वतन गरेका छन्।

डिफेन्स लाइनमा अनन्त तामाङ, विकास खवासले निरन्तरता पाएका छन्। अघिल्लो खेल कोरोना पोजेटिभ आएपछि गुमाएका रजिन धिमालले सुमन अर्याललाई प्रतिस्थान गरेका छन्। मिडफिल्डमा एरिक विष्ट र तेज तामाङ रहेका छन्।

एरिक विक्रम लामाको स्थानमा खेल्न लागेका हुन्। विंगर रवि पासवानको स्थानमा दर्शन गुरुङले पहिलो रोजाइमा अवसर पाएका छन्।

गोलरक्षकमा किरण चेम्जोङ नियमित रहेका छन्। अन्जन विष्ट र सुजल श्रेष्ठ नियमित छन्। नवयुग श्रेष्ठको स्थानमा भरत खवासले नेपाली आक्रमण सम्हालेका छन्। अघिल्लो खेलमा भरत बेञ्चमा रहँदा गोलरक्षक किरणले कप्तानी सम्हालेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.