|

काठमाडौं : लुम्बिनी प्रादेशिक अस्पतालमा रुपन्देहीका ४० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका ८ का पुरुषको आज बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

मृतकलाई २५ गते कोरोना पुष्टि भई २६ गते अस्पताल भर्ना भएका थिए। संक्रमित पुरुषमा ज्वरो र श्वासप्रश्वासमा समस्या भएकोले उनी अस्पताल भर्ना भएका थिए।

रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६१ पुगेको छ। उपचाररत संक्रमित १ हजार १४, संक्रमणमुक्त ६ हजार ४ सय ६९ र कुल संक्रमित ७ हजार ५ सय ४३ छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.