|

गुल्मी  ः गुल्मीका कोरोना संक्रमणका कारण हालसम्म १२ जनाको ज्यान गएको छ। 

मदाने गाउँपालिका वडा नं ६ पुर्कोटदहका  ४१ बर्षिय शिक्षकको बुटवलको क्रिमसन अस्पतालमा गत जेठ ८ गते  संक्रमणका कारण ज्यान गएको थियो। गुल्मीमा संक्रमणका कारण  ज्यान जाने  पहिलो ब्यक्ति उनि नै थिए। 

यस्तै धुर्कोट  गाउँपालिकाका ३६ वर्षीय पुरुषको जेठ ३१ तम्घासको महिला विकास कार्यालयमा रहेको आइसोलेशनमा  उपचारको क्रममा ज्यान गयो।  छत्रकोट गाउँपालिकाका ६८ वर्षीय पुरुषको होम आइसोलेशनमा असार ६ गते ज्यान गएको  जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए।

यस्तै  रुरु क्षेत्र गाउँपालिकाका ७५ वर्षका वृद्धको काठमाडौँको ग्रान्डी अस्पतालमा  असोज १ गते मृत्यु भएको हो।  इश्मा गाउँपालिकाका ३१ वर्षका पुरुषको संक्रमणका कारण  असोज ३ मा काठमाडौँको टिचिङ अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो। 

रुपन्देहीको कोरोना विशेष अस्पतालमा  असोज १४ गते  मुसिकोट नगरपालिकाका ७८ वर्षका बृद्ध, असोज २२ गते रुरुक्षेत्र गाउँपालिकाका ८१ वर्षका बृद्ध, असोज ३० गते रेसुंगा नगरपालिकाकी ५५ वर्षकी महिला , कात्तिक १८ गते गुल्मिदरबार गाउँपालिकाका ८५ वर्षका बृद्ध, कात्तिक २७ गते रेसुंगा नगरपालिकाका ६८ वर्षका पुरुष, मंसिर  ३ गते सत्यवती गाउँपालिकाका ६५ वर्षका पूरुष र मंसिर ५ गते रेसुंगा नगरपालिका वडा नं १ का ६६ बर्षका पुरुषको ज्यान गएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।

जिल्लामा  संक्रमितको संख्या ८२३ जना रहेकोमा ७४२ जना निको भएर घर फर्किएका छन् भने ६९ जना होम आइसोलेशनमा रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.