|

काठमाडौं :  पछिल्लो केही समयदेखि बजारमा चिनीको कृत्रिम अभाव देखिएपछि सरकारले ३० हजार टन चिनी आयात गर्न साल्ट ट्रेडिङ कर्पोरेसनलाई अनुमति दिएको छ।

बजारमा चिनीको भएलगत्तै कर्पोरेसनले १ प्रतिशत भन्सार शुल्कमा चिनी आयात गर्न पेस गरेको प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृत गरेको हो। बजारमा भएको चिनी अभावका कारण मूल्य आकासिन थालेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले १ प्रतिशत भन्सार शुल्कमा चिनी आयातको स्वीकृति दिएको आपूर्ति मन्त्रालयका प्रवक्ता सूर्यप्रसाद श्रेष्ठले बताए।

कर्पोरेसनले राखेको ५० हजार टन चिनी खरिदको प्रस्तावमा अहिले ३० हजार टन आयात गर्न अर्थ मन्त्रालयले स्वीकृत दिएको प्रवक्ता श्रेष्ठको भनाइ छ। साल्ट ट्रेडिङ कर्पोरेसनले करिब २ महिनाअघि नै १ प्रतिशत भन्सार शुल्कमा ५० हजार टन चिनी आयात गर्न आपूर्ति मन्त्रालयमा प्रस्ताव पेस गरेको थियो।

 तर, उक्त प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृत नगर्दा चिनी आयातको प्रक्रिया रोकिएको कर्पोरेसनले बताएको छ। प्रवक्ता श्रेष्ठका अनुसार चिनी आयात गर्न पेस गरिएको प्रस्ताव मन्त्रिपरिषद्को बैठकले पास गरेपछि कर्पोरेसनले प्रक्रिया अगाडि बढाउने भएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.