|

 काठमाडौं :   काठमाडौंको वसन्तपुरमा रहेको कुमारीघर अगाडि रंगीबिरिंगी कपडा सहितको ३ तले चीर अबिर र रंग छर्किएर ठड्याएपछि आइतबारदेखि औपचारिका रुपमा यस वर्षको होली शुभारम्भ भएको छ।

तर, रंगहरुको पर्व होलीमा प्रयोग गरिने रंग र इनामेल भने स्वास्थ्यका दृष्टिले घातक हुने विज्ञहरुको ठहर छ। रंग र इनामेलमा जनस्वास्थ्यलाई दीर्घकालसम्म प्रतिकूल असर पुर्याउने ‘लेड’ को मात्रा उच्च हुने भएकाले त्यस्ता सामग्रीको प्रयोग नगर्नु बुद्धिमानी हुने चिकित्सकहरुको सुझाव छ।

जनस्वास्थ्यमा तत्कालै नकरात्मक प्रभाव नदेखिए पनि लेडको असर दीर्घकालसम्म मन्द विषका रुपमा रहने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. खेमबहादुर कार्कीले बताए। एकपटक शरीरमा प्रवेश गरेको लेड शरीरभित्रै रहन्छ, यसको निदान सम्भव छैन, अहिलेसम्म यसको एकिन औषधि पत्ता लागेको छैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.