|

  • गोविन्द महतो-

जनकपुरधाम : उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिको गृहनगर जनकपुरमा उनको पुत्ला दहन गरिएको छ। मधेसी जनाअधिकार फोरम लोकतानत्रिकका केन्द्रीय सदस्य उमाशंकर अरगरियाको नेतृत्वमा स्थानीय जनक चोकमा पुत्ला दहन गरिएको हो।

जनकपुरको आन्दोलन चोक भनेर चिनिने जनक चोकमा विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका नेता कार्यकर्ताहरुले उप–प्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको पुत्ला दहन गरेको हो।

सोमबार सप्तरीको सदरमुकाम राजविराजमा प्रहरी र मोर्चाबीच भएको झडपमा प्रदर्शनकारीको मृत्यु भएको विरोधमा जनकपुर सहित धनुषा तथा महोत्तरी दिनभरि तनावग्रस्त बन्यो। जनकपुरमा एक विहानै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरुले पिडारी चोकबाट लाठी जुलुस निकालेका थिए।

विहानै देखि जनकपुरको पिडारी चोक, रामानन्द चोक, भ्रमरपुरा चोक, जिरो माइल, जनकचोक, शिवचोक, भानुचोक लगायतका स्थानहरुमा प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गरेका छन्। आक्रोशमा देखिएका प्रदर्शनकारीहरुले चोक चोकमा सवारी साधनलाई समेत परैबाट फर्काउन अनुरोध गर्दै प्रदर्शन गरिरहेका छन्।

जनकपुरका महिलाहरु लाठी लिएर सडकमा

जनकपुरको विभिन्न चोकहरुबाट महिलाहरुले पनि जुलुस निकालेका छन्। महिलाहरु मधेसका लागि हुनै सबै आन्दोलनमा आफूहरु कहिले पछि नहट्ने सद्भावना पार्टीका केन्द्रीय सदस्य विभा ठाकुरले बताइन्। महिला नेतृहरु मात्रै नभई सर्वसाधारण महिलाहरुको पनि निस्किएको सडक जुलुसमा सहभागिता रहेको थियो।

जनकपुरस्थित आयोग कार्यालय घेराउ

मोर्चाका कार्यकर्ताहरुले राष्ट्रिय मानव अधिकार आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय जनकपुर घेराउ गरेको छ। आक्रोशित युवाहरुको एक समूहले आयोगको काजकाम प्रति असन्तुष्टि जनाउदै आयोगको कार्यालय घेराउ गरेको हो।

 “परिवर्तनका लागि युवा” युवाहरुले “नेपालमा मधेसीको अधिकार सुनिश्चित गराउ” भन्दै कार्यालय घेराउ गरेको थियो। कार्यालय घेराउन गरेपछि केही बेर आयोगको काम काज पूर्ण रुपमा ठप्प भएको थियो।

धनुषा तथा महोत्तरी बन्दका कारण जनकपुरबाट चल्ने साना तथा ठुला दुरीका सवारी साधन चल्न सकेको छैन। काठमाडौंबाट आएका तथा पूर्व तीर जाने गाडीहरुलाई बन्दकर्ताहरुले चल्न नदिएपछि प्रायः गाडीहरु प्रहरी कार्यालय अगाडि राखिएको छ।

धनुषा तथा सिरहाको सीमा नाका कमला नदिको पूलमा मोर्चाका नेता तथा कार्यकर्ताहरुले बाटो अवरुद्ध गरेपछि सवारी साधन आवगमन ठप्प बनेको हो। यता जनकपुरबाट चल्ने कुनै पनि रुटका सम्पूर्ण सवारी साधन चल्न सकेको छैन। प्रदर्शनकारीहरुले जनकपुरको पिडारीचोकमा बन्दको अवज्ञा गरेको भन्दै ना ७ ख २२६३ नम्बरको ट्रिपरमा तोडफोड गरेको छ।

जनकपुरमा मधेसी मोर्चाको नेतृत्वमा निकालिएको जुलुसले जनकपुरको बजार विाहनै देखि ठप्प बनाएको छ। मोर्चाको बन्दका कारण जनकपुरको शैक्षिक संस्थान, व्यापारिक प्रतिष्ठान, उद्योग कलकारखाना सबै ठप्प रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.