|

काठमाडौं : रंगमञ्चबाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका अभिनेता नाजिर हुसैन अहिले चल्तीका हिरो हुन्। हेस्टेल रिटर्न्सलाई आफ्नो डेब्यु फिल्म मानेका उनिलाई उक्त फिल्मले सफलता दियो। हेस्टेल रिटर्न्समा रामेश्वर नामक सोझो पात्रको भूमिका निर्वाह गरेका उनी दर्शकको रोजाइमा पनि परे। त्यस फिल्ममा उनी सहायक पात्रका रुपमा देखिएका थिए।  

होस्टेल रिटर्न्समा उनले निर्वाह गरेको भूमिका दर्शकले मन पराएपछि फिल्मको अफरहरु आउन थाल्यो। त्यस पश्चात उनले वीर विक्रम फिल्ममा अभिनय गरे। त्यस फिल्मबाट पनि उनले राम्रै प्रशंसा बटुल्न सफल भए। उक्त फिल्ममा पनि उनले सहायक पात्रको भूमिका निर्वाह गरेका थिए। 

नाजिरले मुख्य भूमिका निर्वाह गरेको फिल्म गाँठोले भने उनलाई सफलता दिन सकेन। उनले फिल्म जंगेमा पनि अभिनय गरेका छन्। उनी अहिले तिमीसँग र राज्जा रानी फिल्मको सुटिङमा ब्यस्त छन्।

मुख्य भूमिकामा भन्दा सहायक भूमिकामा रुचाइएका नजिरलाई राम्रो अभिनय गर्न सक्ने कलाकारको रुपमा लिइन्छ। यदि कलकारिता क्षेत्रमा नआएको भए भए के बन्नुहुन्थो? भन्ने थाहाखबरको प्रश्नमा नाजिरले भने 'यही बन्छु भन्ने त थिएन तै पनि कलाकार नभएको भए गाउँको हेल्थपोस्टमा सामान्य डक्टर हुन्थें वा कुनै स्कुलको टिचर।'

नाजिरको मम्मी स्वास्थ्यकर्मी हुन्। नाजिर भन्छन् 'मेरो मम्मी गाउँको डाक्टर हुनुहुन्थ्यो, यही भएर पनि मलाई डाक्टर बन्न प्रेरणा मिलेको थयो। डाक्टर बन्न नसके पनि कुनै स्कुलको टिचर हुन्थें होला।'

गाउँबाट काठमाडौं आउँदा पढाइ र काठमाडौं बसाईको खर्च धान्न नाजिरले केही समय ट्युसन पढाएका थिए। भन्छन् 'आफ्नो शोखले ट्युसन पढाएको थिइनँ। पेट पाल्नकै लागि मैले ट्युसन पढाएको थिएँ।' त्यसैले नाजिर भन्छन् ' फिल्म क्षेत्रमा नभएको भए डाक्टर वा टिचर बन्थेँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.