|

जनकपुर :  सप्तरीको राजविराजमा भएको गोलीकाण्ठका दोषीमाथि कारबाही गर्न माग गर्दै महोत्तरीमा एक अशक्त व्यक्ति ३ दिनदेखि अनसन बसेका छन्। गत सोमबार राजविराजमा प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो भने थुप्रै घाइते छन्।

यस घटनाका दोषीमाथि कारबाही हुनुपर्ने माग राख्दै महोत्तरीको रामगोपालपुर गाउँ विकास समिति अन्तर्गत पर्ने विश्वम्भरपुरका ३३ वर्षिया विजयकुमार यादव अनसनमा छन्। उनले सप्तरी घटनाका दोषिहरुलाई कारबाही हुनुपर्ने, अपाङ्ग, अशक्त व्यक्तिहरुलाई राज्यले सुरक्षाको व्यवस्था गर्नुपर्ने, संविधानमा अपाङ्ग सम्बन्धी उल्लेखित ऐन तथा कानून कार्यान्वयन हुनुपर्ने लगायतका माग राखेका छन्।

रामगोपालपुरको बीच सडकमै रहेको अधुरो पार्क निर्माण स्थलमा तीन दिनदेखि अनसनरत यादवले आफ्नो माग पुरा नभएसम्म अनसन नतोड्ने बताए। 'सप्तरी काण्ड जस्तो नरसंहार गर्ने व्यक्तिलाई राज्यले उन्मुक्ति दिन खोज्दैछ, यदि देशमा ऐन कानून छ भने, सम्पुर्णलाई प्रहरीले गोली हानी हत्या गरेको व्यक्तिको पहिचान गरी कारबाही गरियोस् अन्यथा म यही प्राण त्याग्छु।'

विगत ४ दिनदेखि अनसनरत यादवले आफुहरुजस्तो अशक्त तथा अपाङ्ग व्यक्तिलाई सरकारले बेवास्ता गरेको बताए। उनले अशक्त व्यक्तिका लागि गाँस, बास र कपासको सुविधा गर्न सरकारसँग माग गरे। महोत्तरी जिल्ला अपाङ्ग संघ समन्वय समितिका संयोजक समेत रहेका यादवको स्वास्थ्य अवस्था बिग्रिएको लोहरपट्टी स्वाथ्यचौकीका प्रमुख विनोद यादवले जानकारी दिए। ' बीच रोडमै आमरण अनसन बसेका कारण धुलो एवं धुवाका कारण स्वास्थ्य अवस्था ज्यादै बिग्रिएको छ। स्वास्थ्य अवस्था बिग्रदै गएपछि उनलाई आजबाट स्लाईन पानी लगाईएको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.