|

काठमाडौं : सत्तारुढ दल नेकपा विभाजनको असर प्रदेश २ मा पनि देखिको छ।

प्रदेश २ का नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गरेको हो। 

प्रदेशसभा सदस्य शत्रुधन महतोले बहुमत सदस्यहरूले नै अविश्वासको प्रस्ताव दर्ता गरेको बताएका छन्।

प्रदेशसभामा नेकपाका ३२ सांसद छन्। यो प्रदेशको पार्टी संगठन र संसदीय दलमा प्रचण्ड-माधव पक्षको बहुमत छ। 

'आज अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय भएको हो,’ महतोले भने, ‘आइतबार बैठक बसेर हटाइनेछ।’

प्रदेश २ मा जनता समाजवादी पार्टीको नेतृत्वमा सरकार छ।

पार्टी एकतापूर्व तत्कालीन संघीय समाजवादी पार्टीलाई नेकपाले समर्थन गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.