|

पोखरा : पोखराको छोरेपाटन–१७ मा सञ्चालनमा आएको ट्वान्टी फोर ‘हाम्रो मार्ट’ ब्राण्ड एम्बेस्टर सर्जक तथा गायकद्वय शिव हमाल र रामजी खाँण रहेका छन्। हमाल र खाँण ३ वर्षसम्मको लागि एम्बेस्टरको रूपमा रहनेछन्। यो अवधिमा एम्बेस्टरद्वयले ब्रान्डको प्रमोशन गर्नेछन्।

‘यो मार्टको सञ्चालकमध्ये केही कोरियामा पनि हुनुहुन्छ। हामी कोरियामा कार्यक्रममा जाने बेला व्यावसायिक सहयात्राको कुरा भएको थियो,’ सर्जक शिव हमाल भने, ‘सोहीअनुसार हामीलाई एम्बेस्टरको रुपमा रहनको लागि आग्रह गर्नुभएको थियो।’

उनले यस ब्रान्डको प्रमोसनको लागि कार्यक्रमको शिलशिलामा माउथ पब्लिसिटी गर्नेदेखि आफ्नै युट्युब च्यानलबाट ब्रान्डको लोगोलाई सर्पोट रूपमा प्रयोग गर्ने बताए। गायक खाँणले आफू कार्यक्रममा शिलशिलामा जहाँ गए पनि यसको प्रमोशन गर्ने बताए। ‘हाम्रो मार्ट’ होलसेल रेटमा फ्रि होम डेलिभरी साथमा कोरियन सामानहरू पाउने सञ्चालक राज मल्लले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.