|

काठमाडौं : साताको पहिलो दिन स्थिर र तीन दिन लगातार उकालो लागेको सुनको भाउ आज  भने घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै १ हजार ३०० रुपैयाँले घटेको हो।  यो गिरावटसँगै आज प्रति तोला छापावाल सुन  ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ९०० रुपैयाँ कारोबार भइरहेको छ महास‌ंघले जनाएकाे छ। 

बुधबार भने सुनको भाउ तोलामा ३०० रुपैयाँ बढेको थियो। पहिलो दिन आइतबार स्थिर रहेको सुनको भाउ सोमबार तोलामा ८०० रुपैयाँ र मंगलबार १ हजार १०० रुपैयाँले बढेको थियो।

 चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ। योसँग आज चाँदी प्रति तोला १ हजार ३३० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ ५ रुपैयाँले बढेर १ हजार ३४० रुपैयाँ कायम भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.