|

काठमाडौं : मतपत्र छपाइको लागि चैत २ गते बुधबारदेखि नेपाली सेना परिचालन हुने भएको छ। जनक शिक्षा सामग्रीो सेक्युरिटी प्रेसमा छपाइ गर्न लागेको मतवत्रको सम्पूर्ण सुरक्षाको लागि नेपाली सेना केन्द्रमा बस्न लागेको हो। 

वैशाख ३१ गते हुने स्थानय तहको निर्वाचनको मतपत्र छपाइ गर्ने कार्य नसकुन्जेल सेनाको टोली जनक शिक्षाको छापाखानामा नै बस्नेछ। स्रोतका अनुसार करिब डेढ सय सेना प्रेस परिसरमा खटिनेछन्। मतपत्र छपाइ र ढुवानी पूरा नहुन्जेलसम्म नेपाली सेना प्रेसभित्रै बस्ने भएको छ। छपाइ अवधीभर अन्य कसैलाई पनि प्रेस परिसरमा प्रवेशमा रोक लगाइने भएको छ। 

निर्वाचन आयोगले २०६४ र २०७० सालमा उपलब्ध गराएको चार र जनक शिक्षासँग रहेको ३ वटा गरी सातवटा प्रेसमा करिब १ करोड ७० लाख हाराहारीमा मतपत्र छपाई गरिने भएको छ। नेपाली सेनाका सहायक प्रवक्ता महासेनानी रामनाथ ढुंगानाले निर्वाचन कार्यका लागि नेपाली सेना तयार रहेको र निर्वाचन आयोगले बोलाउनासाथ परिचालन हुने जानकारी दिए। 

उनले भने ' अहिले कक्षा १२ को प्रश्नपत्र छपाईको लागि सुरक्षा दिइरहेका छौ, त्यसपछि निर्वाचनको लागि हुन सक्छ।' ढुंगानाले आयोगले अहिलसम्म मतपत्र छपाइ गर्न सुरक्षाको लागि आवश्यक जनशक्ति बारेमा जानकारी नदिएको बताए। ' हामी निर्वाचन आयोगले भन्नासाथ काम गर्न तयार छौं त्यसको लागि सेना तयारी हालतमा रहेको छ' उनले भने। मतपत्र छपाइका लागि केन्द्रले पेश्की वापत करिब ५ करोड रुपैयाँ माग गरेको छ। चैत १ गतेदेखि नेपाली सेना खटिने र ३ गतेबाट मतपत्र छपाइ सुरु हुने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.