|

कञ्चनपुर : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दहाल–नेपाल पक्षका विद्यार्थीहरुले सोमबार साँझ महेन्द्रनगर बजारमा राँके जुलुस प्रदर्शन गरेका छन्।

प्रतिगमनविरुद्ध विद्यार्थीहरुले राँके जुलुस प्रदर्शन गरेका हुन। अनेरास्ववियू कञ्चनपुरका कार्यालय सदस्य किशोर भट्टले प्रधानमन्त्री केप‍ी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको कदम प्रतिगमनउन्मुख भएकाले मसाल जुलुस प्रदर्शन गरिएको बताए। 

उनका अनुसार महेन्द्रनगर वजारको खुला मञ्चवाट शुरु भएको जुलुस वसपार्क चोकमा पुगेर विरोध सभामा परिणत थियोे। कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य रामचन्द्र रेग्मीले ओलीको कदम प्रतिगमन भएको बताए। विरोध सभामा अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले प्रतिगमनकारी कदम फिर्ता नहुँदासम्म युवा विद्यार्थीले सडक नछाड्ने बताए।

अनेरास्ववियूका केन्द्रीय सदस्य गणेश ऐरी, अनेरास्ववियू कञ्चनपुरका कार्यालय सदस्य कैलाशचन्द्र गिरी लगायतले सम्बोधन गर्दै प्रधानमन्त्री ओलीको कदम बिरुद्ध आन्दोलन जारी रहने बताएका छन्।

विद्यार्थीहरुले राँके जुलुस प्रदर्शन गरी रहेका बेला प्रहरीले हस्तक्षेप गरी जुलुसलाई रोकेको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.