|

भारतको उत्तर प्रदेश, उत्तराखण्ड, पञ्जाब, गोवा र मणिपुरमा सम्पन्न विधानसभा चुनावको मतगणना जारी छ। उत्तर प्रदेशमा कुल ४ सय ३ सिटका लागि, पञ्जाबमा १ सय १७, उत्तराखण्डमा ७०, गोवामा ४० र मणिपुरमा ६० सिटमा विभिन्न चरणमा मतदान सम्पन्न भएको थियो।

पछिल्लो गणना चलिरहँदा उत्तर प्रदेशमा भारतीय जनता पार्टीले अग्रता लिएको छ। विभिन्न सर्वेक्षण अनुसार उत्तर प्रदेशमा भारतीय जनता पार्टीको गठबन्धनले अग्रता लिनेछ भने समाजवादी पार्टी र कांग्रेसको गठबन्धनले दोस्रो स्थानमा र बसपाले तेस्रो स्थान हात पार्नेछन। पञ्जाबमा चलिरहेको मतगणना अनुसार कांग्रेस अगाडि छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.