|

काठमाडौं :  चन्द्रागिरी नगरपालिका-४ थानकोट घुमाउने बस्ने ५२ वर्षीय होम बहादुर सुधारको हत्या भएको छ। हत्याको अभियोगमा सोही नगरपालिका-२ मसिने बस्ने २३ वर्षीय रामकृष्ण तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

घुमाउनेस्थित टहराको आँगनमा होम बहादुर अचेत अवस्थामा रहेको भनी रामकृष्णले खबर गर्नासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले घाईतेलाई उपचारको लागि शहिद मेमोरियल अस्पताल कलंकी पठाएको थियो। उपचारको क्रममा उनको  मृत्यु भएको हो। घटनाको थप अनुसन्धान गर्नेक्रममा रामकृष्णले लेनदेनको विषयमा विवाद हुँदा कोदालोको बिडले प्रहार गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।  

यस्तै, रामेछाप, गोकुलगंगा गाउँपालिका-३ रस्नालु बस्ने ५३ वर्षीय मेरमान विकको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६५ वर्षीय साङगा शेर्पालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

 साङगाको दाईको बारी जोतेको स्थानमा गत शनिबार मेरमानले मादक पदार्थ सेवन गरी गाली गरेको बिषयमा साङगाले कुटपिट गर्दा घाइते भएका मेरमानको मन्थली नगरपालिका-१ तामाकोशी अस्पताल हुँदै शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा थप उपचारको क्रममा मंगलबार राति मृत्यु भएको थियो।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.