|

काठमाडौ. शुक्रबार साँझदेखि सुरु भएको वर्षातले करिब ६० मेगावाट विद्युत् उत्पादन बढाएको छ। नदीनालामा पानीको बहाब बढेसँगै विद्युत् उत्पादनमा वृद्धि भएको हो।

‘वर्षात हुनुअघिसम्म आयोेजनाहरुबाट कुल विद्युत् उत्पादनको ५० प्रतिशतभन्दा कम विद्युत् उत्पादन भइरहेको थियो’ नेपाल विद्युत् प्राधिकरणको भारप्रेषण केन्द्रका प्रमुख विष्णुप्रसाद श्रेष्ठले भने, ‘वर्षातका कारण आयोजनाहरुले ८० प्रतिशतसम्म उत्पादन दिइरहेका छन्।’

मुख्यतः नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनाको संख्या बढी भएका कारण पनि वर्षा हुनेबित्तिकै तत्काल विद्युत् उत्पादनमा प्रभाव परेको हो। त्यसैगरी दिनभरि पानी परेर उच्च माग रहेका बेला उत्पादन गर्ने (पिआओआर) को पनि उत्पादन बढेको छ। वर्षातले गर्दा जलाशययुक्त कुलेखानी जलविद्युत् आयोजना कम क्षमतामा चलाउँदा हुने अवस्था सिर्जना भएको छ।

तर, उक्त आयोजनाको पानी संकलन हुने क्षेत्र (क्याचमेन्ट एरिया) मा ठूलो वर्षात नभएका कारण जलाशयको सतहमा भने खासै फरक नपरेको आयोजना प्रमुख बद्रीप्रसाद फुँयालले बताए। यो वर्ष जलाशयमा कुल १५ सय १३ दशमलव ५ मिटर रहेको छ।

विगत केही महिनायता पिक आवरमा आयोजना सञ्चालनका लागि दैनिक जलाशयको २५–३० सेन्टीमिटर पानी विद्युत् उत्पादनमा खपत हुँदै आएको फुँयालले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.