इलाम : नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङको कप्तानीमा उत्रिएको राउन्डग्लास पन्जाब फुटबल क्लब पराजित भएको छ। आई लिगअन्तर्गत आफ्नो तेश्रो खेलमा चर्चिल ब्रदरसँग पञ्जाव ०–१ गोलअन्तरले पराजित भएको हो।
कोलकत्ताको साल्टलेक रंगशालामा भएको खेलमा चर्चिललाई जित दिलाउन क्लेभिन जुनिगाले निर्णायक गोल गरे। खेलको ८५ औं मिनेटमा डिफेन्डर हम्जा खेरको क्रस पासमा पन्जाबका डिफेन्डरलाई चिर्दै जुनिगाले पेनाल्टी एरियाबाट गोल गरेका थिए। जितसँगै ३ खेलबाट २ जित र १ बराबरी गरेको चर्चिलले ७ अंकका साथ शीर्षता कायमै राखेको छ।
हारसँगै ३ खेलबाट ३ अंक बटुलेको पन्जाव सातौं स्थानमा झरेको छ। किरणको कप्तानमा पन्जाब दोश्रो पटक पराजित भएको हो। यसअघि गोकुलम केरालासँग ४–३ ले पराजित भएको थियो।
केरलाविरुद्ध पहिलो हाफमा ३–१ ले अग्रता लिएको पन्जाबले दोश्रो हाफमा ३ गोल बेहोरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।